Sign guestbook  

70. lund prasad gurung - 2009-04-30 11:31:08
hajur namsakar ma lund prasad gurung tapiii ko nepal portugal kasto gari chaulunuu bhayo cha mathii nepaliii date china tarr news ma chaii nepalii date halera samachar lekhnu huncha alikatii dhayan purunuu hola laparbhaiii nagarnu hola dhanyabad.

69. saagar acharya - 2009-04-22 14:01:51
सम्हलिन्छ कहिले यो मन ,कहिले आतलिदिन्छ,सच्न खोज्छु आँखा मा सपना आशुले नै पखालीन्दिन्छ

68. nepalportugal.com - 2009-04-21 00:22:23
rahul ji tapai ko phon no esai ma le khi pathau hola ra tapai ko pho to photo pathauda pathaunu hola danne bat

67. Rahul Magar - 2009-04-20 10:54:53
आदराणिय सपाढकज्यू नमस्कार!
मेरो गीतहरु छापिदिनु भएकोमा अत्यन्तै आभारी छु,यसको लागि धेरै-धरै धन्यवाद!




१.यानी माया आफ्नै देश प्यारो छ

माथि पर्žयो नौ मूल यानी माया तल पर्žयो धारो त,
अर्काको देशमा यानी माया दिन काट्न गाह्रो छ,
यानी माया आफ्नै देश प्यारो छ,
यानी माया आफ्नै.........

माछापुच्छ्रे भन्दा यानी माया धौलागिरी अल्को,
दिनरात सधै यानी माया आफ्नै देशको झल्को,
यानी माया विदेशमा मनै अध्यारो छ,
यानी माया आफ्नै..........

लेकैमा डाँफे यानी माया बेँशीमा माछी चरन,
नेपालको जन्म यानी माया कहाँको हो मरन,
यानी माया प्रदेशमा जिउन साह्रो छ,
यानी माया आफ्नै.........

कालीले ढुङ्गामाटो यानी माया सेतीले ल्यायो स्याउला,
आफ्नो जन्मभूमिको यानी माया माया नमार्नु होला,
यानी माया विदेशमा अप्थ्यारो छ,
यानी माया आफ्नै..........





२.ओइलिदै गयो पिरतीको दूबो

त्यो मनको माटो रैछ रुखो,
ओइलिदै गयो पिरतीको दूबो,
ओइलिदै गयो........

अलि पुगेन कि विश्वासको झरीले,
पानी हाल्छु अब मायाको हजारीले,
तिमीले नि पानी हाले कस्तो हुँदो!
ओइलिदै गयो.........

पहेलिदै गयो टुप्पो,सुक्दै गयो पात,
गोडमेल गर्छु आजैदेखि दिन-रात,
हातैमा छ जिन्दगीको कुटो,
ओइलिदै गयो..........

छेकेर अविश्वासको असारे भेल,
हाल्छु डोकोडोको सम्झनाको मल,
यो मनको गोठैमा छ मलको थुप्रो,
ओइलिदै गयो........





२.आमा यो जूनीमा यस्तै भयो

आमा यो जूनीमा यस्तै भयो,
दशधारा दूधको ऋण बाँकी रह्यो,
माफ गर्नु आमा,मनको लगानी खेर गयो,
आमा यो............

आमा तिम्रो अन्तिम शब्द सुन्न पाइन,
तिम्रो त्यो पवित्र चरण छोएर रून पाइन,
आमाछोरा भेट्ने सपना अधूरै रह्यो,
आमा यो...............

स्वर्गबाट देखिन्छ भने आमा हेरे हुन्छ,
तिम्रो छोरा विदेशमा सम्झिसम्झी रुन्छ,
मनमा एउटा कुरा अल्झी रह्यो,
आमा यो.............

बाबु भनेर बोलाउने अब अरु कोही छैन,
धनसम्पत्तिले अर्को आमा किन्न पाइदैन,
पैसाको पछि लाग्दा आज यस्तो भयो,
आमा यो..............





३.विदेशमा थाहा भो देशको माया कति लाग्छ

विदेशमा थाहा भो देशको माया कति लाग्छ,
जन्मभूमीको मायाले मुटु-कलेजी ढाक्छ,
थुप्रिदा-थुप्रिदा मनको सगरमाथा नाग्छ,
विदेशमा थाहा भो.........

विरानो ठाउँमा हेँपिदा देश के हो थाहा पाए,
मेचीदेखि महाकालीसम्म मनको नक्सामा सजाए,
विदेशमा थाहा भो.........

पराइले बचन लाउँदा म को हुँ थाहा पाए,
आज राति सपनीमा हमालको काँखमा निदाए,
विदेशमा थाहा भो.........

नयाँ बर्ष आउँदा संस्कार के हो थाहा पाए,
यसपाली त बिदा लिएरै चाँडपर्व मनाए,
विदेशमा थाहा भो.........





४.झन राम्री भैछ्यौ नि आज-भोलि त

रुप तिम्रो फेरिए नि,उस्तै छ बोली त,
झन राम्री भैछ्यौ नि आज-भोलि त,
झन राम्री..........

गोरी न गोरी,बैँशले झपक्कै छोएछ,
गाँउघरको रँग-रोगन सर्लककै गएछ,
त्यही माथि गालामा कोठी छ,
झन राम्री..........

इंगलिश मिसाएर बोल्न नि थालिछ्यौ,
कपाल पनि तिमीले थाइकट पालिछ्यौ,
मुहारमा तिम्रो कस्तो ज्योति छ,
झन राम्री..........

अग्ली न अग्ली,तिमी त तरुनी भैछ्यौ,
नयाँ न नयाँ फेसनमा घुम्दी रैछ्यौ,
छोडिछ्यौ लाउन गुन्यू र चोली त,
झन राम्री..........




५.ओइलिदै गयो पिरतीको दूबो

त्यो मनको माटो रैछ रुखो,
ओइलिदै गयो पिरतीको दूबो,
ओइलिदै गयो........

अलि पुगेन कि विश्वासको झरीले,
पानी हाल्छु अब मायाको हजारीले,
तिमीले नि पानी हाले कस्तो हुँदो!
ओइलिदै गयो.........

पहेलिदै गयो टुप्पो,सुक्दै गयो पात,
गोडमेल गर्छु आजैदेखि दिन-रात,
हातैमा छ जिन्दगीको कुटो,
ओइलिदै गयो..........

छेकेर अविश्वासको असारे भेल,
हाल्छु डोकोडोको सम्झनाको मल,
यो मनको गोठैमा छ मलको थुप्रो,
ओइलिदै गयो........

ओइलिदै गयो पिरतीको दूबो

त्यो मनको माटो रैछ रुखो,
ओइलिदै गयो पिरतीको दूबो,
ओइलिदै गयो........

अलि पुगेन कि विश्वासको झरीले,
पानी हाल्छु अब मायाको हजारीले,
तिमीले नि पानी हाले कस्तो हुँदो!
ओइलिदै गयो.........

पहेलिदै गयो टुप्पो,सुक्दै गयो पात,
गोडमेल गर्छु आजैदेखि दिन-रात,
हातैमा छ जिन्दगीको कुटो,
ओइलिदै गयो..........

छेकेर अविश्वासको असारे भेल,
हाल्छु डोकोडोको सम्झनाको मल,
यो मनको गोठैमा छ मलको थुप्रो,
ओइलिदै गयो........

राहुल मगर
पोर्तो,पोर्तुगल

66. Rahul magar - 2009-04-14 10:57:32
उनलाई कतै देखे-देखे जस्तो लाग्छ

कपालले उनको कम्मर ढाक्छ,
लाम्चो अनुहारमा मिलेको नाक छ,
उनलाई कतै देखे-देखे जस्तो लाग्छ,
उनलाई कतै........

लालिगुँरास फूल्दा हो कि काफल पाक्दा हो,
दार्जीलिङ घुम्न जाँदा हो कि आसाम जाँदा हो,
भेटे-भेटे जस्तो लाग्छ,
उनलाई कतै..........

गान्तोकको मेलामा हो कि रिडिको मेलामा हो,
झापा गा’को बेलामा हो कि पाल्पा गा’को बेलामा हो,
बोले-बोले जस्तो लाग्छ,
उनलाई कतै..............

मनकामनामा हो कि बुढा सुब्बाको मन्दिरमा हो,
फेवाको छेउमा हो कि माई खोलाको तीरमा हो,
आँखा जुधे-जुधे जस्तो लाग्छ,
उनलाई कतै...............

राहुल मगर
पोर्तो,पोर्तुगल


ख्वै के बयान गर्नु उनको


ख्वै के बयान गर्नु उनको,
झलल पुर्णिमाको जूनको,
सारंगीको मीठो धूनको,
ख्वै के बयान.....

हातैले बनाएको जस्तो जीउ छ,
उमेरको हिमालमा बैँशको हिउ छ,
ख्वै के बयान.........

उनलाई भेट्दा त श्वासै रोकिन्छ,
मनको गाग्रीको पानी पोखिन्छ,
ख्वै के बयान........

उनलाई देख्दा हेरी रहन मन लाग्छ,
ओइलिएको मन पनि जाग्छ,
ख्वै के बयान .........

राहुल मगर
पोर्तो,पोर्तुगल

पानी भर्न मनको गाग्री लिएर आऊ

यो मुटुको छेउछाउ,
छ मायाको सङ्लो तलाउ,
पानी भर्न मनको गाग्री लिएर आऊ
पानी भर्न...............

पानी निर्मल छ,
धेरै निश्चल छ,
मिल्छ भने आजै पानी लिन आऊ,
देखाई दिउँला म पानी भर्ने ठाउँ,
पानी भर्न...........

पानी चिसो छ,
साह्रै मीठो छ,
जिन्दगीको डोकोमा बोकेर लैजाऊ,
छचेल्केला पानी हिड्दा होश पुराऊ,
पानी भर्न..........

पानी चोखो छ,
कसैले नछोको छ,
अरु कसैलाई यो तलाउ नदेखाऊ,
पानी लिन लुकिलुकी एक्लै आऊ,
पानी भर्न...........

राहुल मगर
पोर्तो,पोर्तुगल


जति सम्झायो उति रुन्छौ

जति माया गर्žयो उति पर हुन्छौ,
जति सम्झायो उति रुन्छौ,
जति सम्झायो........

भने हुन्छ मन नपरे,कुरा मनमा नराख,
भन्दिन म क्यै चाहे बस वा बाटो लाग,
किन मनलाई दोधारको जेलमा थुन्छौ,
जति सम्झायो...........

मन नपरेको मान्छेसँग बस्न गाह्रो हुन्छ,
मन परेको मान्छेको गाली पनि प्यारो हुन्छ,
त्यसैले त मेरो बोली गाली जस्तै सुन्छौ,
जति सम्झायो............

अब तिम्रो मनले जे-जे भन्छ,त्यै-त्यै गर,
मनै खुशी नभए के को लागि बाँच्नु छ र,
त्यही गर जे गर्दा तिमी खुशी हुन्छौ,
जति सम्झायो..........

राहुल मगर
पोर्तो,पोर्तुगल


65. nabin - 2009-04-14 05:58:04
गरौ नयाँ नेपाल को परिकल्पना
लागौ सबैले लोकतन्त्र लाई बचा उना
दीन सकिन हजुर लाई सुन र गहना
यती मात्र दीन सक्छु नयाँ बर्ष २०६६ साल को शुभ कामना
हजुर हरु को थोपा थोपा पसिना
खेर न जाओस् जोस् जागार नेपालमा
जय होस् सबै नेपाली हरुमा
बुद्ध जन्मेको शान्ति छेत्र नेपालमा
वीर गोर्खाली र शाहीद को अवाज मा
सगरमाथा झै उच्च शीर बनैइ धाका टोपी मा
हिंड्नेछ अगामि अगो को मसाल बोकी नयाँ बर्षमा
न वीरर्सिउ जन्मेको नेपाली मातृभुमी मा
करौडओ नेपाली नयाँ नेपाल को चाहना
२०६६ नयाँ बर्षले पुरा गर्नेछ हजुर चाहना
नेपाल बाट नबिन सेन को शुभ कामना

64. नेपा - 2009-04-12 12:29:27
स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु मा नयाँ बर्ष २०६६ सालको हार्दिक मंगलमय शुभ कामना ट्क्राउदछौ ।
नेपाल लोकतान्त्रीक मन्च पोर्तुगल

63. NRN - 2009-04-09 21:43:25
गैर आवासिय नेपाली संघ पोर्चुगलको बनभोज कार्यक्रम सम्बन्धी सुचना !

नयाँ बर्ष २०६६ को शुखद उपलक्ष्यमा गैर आवासिय नेपाली संघ पोर्चुगलको आयोजनामा आगामि अप्रिल १९ तारिख आइतबारका दिन दिउसो १२ बजे देखि बनभोज कार्यक्रम संचालन हुने भएको छ । लिस्बोन स्थित अल्भलादेको रमणिय पिकनिक पार्कमा नयाँ बर्षको शुभकामना आदानप्रदान तथा सांगितिक प्रस्तुतीहरुका साथ हुन लागेको सो बनभोज कार्यक्रममा सहभागि भैदिनुहुन सम्पुर्ण पोर्तुगलबासि दिदिबहिनि तथा दाजुभाइहरुलाइ हार्दिक अनुरोध गरिन्छ ।
१) प्रबेश शुल्क प्रतीब्यक्ती ७।५० युरो (सात युरो पचास सेन्ट) लाग्नेछ।
२) १० बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको लागि प्रबेश शुल्क लाग्नेछैन ।
३) बनभोज मा आउँदा सहभागी रसिद को अर्धकट्टि संगै लिइ आउनु पर्नेछ ।
४) सहभागि रसिद लिई सक्नु पर्ने अन्तिम मिति अप्रिल १५ तारिख सम्म।
५) सहभागि रसिद गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषदका पदाधिकारि तथा सदस्यहरुका साथै पोर्तुगल स्थित बिभिन्न संघसस्थाहरुबाट समेत लिन सकिने ब्यबस्था मिलाइयको छ।
समयमा नै सहभागि रसिद लिई आफ्नो सिट सुरक्षित गर्नु हुन अनुरोध छ।

(पुनश्च; उक्त कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहने ब्यक्तिहरुले आगामि अप्रिल १८ तारिख सम्ममा गैर आवासिय नेपाली संघ पोर्चुगलको कार्यलयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।)

बिस्तृत जानकारीको लागी संपर्क फोन;- ९१७४३६७६४, ९१४९०७८८८, ९१२४१३२९६, ९१४२४७१११

62. JSS - 2009-04-09 15:34:12
नयाँ बर्ष २०६६ को शुखद अबसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौ ।
नेपाली जन संपर्क समिति-पोर्तुगल

61. nepalportugal.com - 2009-04-09 15:11:33
balaji tapai ko sujhab manan yogya chha, aauda din ma yesta kami kamjori haru lai hataudai jane paryaas garne chhau. sujhab ko lai ridaye dehki nai dhanyabaad chha.
sampadak
nepalportugal.com

    Sign guestbook   < Page 8 | Page 6 >

Webmasters, Click here to get a free guestbook!    

Remove all the advertisements
from this guestbook!

- LIMITED OFFER -




  Please report if this guestbook contains illegal or offensive content.